१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एनआरएनए उपाध्यक्षका उम्मेद्वार अधिकारीले आफुले बोलेको पैसा नुवाकोटको विद्यालयलाई दिएनन्


२८ असोज, काठमाडौं । अहिले राजधानीमा एनआरएनएको विश्व सम्मेलनले तातेको छ । विदेशमा बसेर चिल्ला मिठा कुरा गर्ने र २ वर्षमा एक पटक नेपाल आएर नेपाल र नेपालीको महिमा गाएर नथाक्ने एनआरएनएहरु अहिले चर्का नेपाली बनेका छन । आजदेखी सुरु भएको एनआरएनए सम्मेलनमा २५ पदको लागी ४१ ज्ना उम्मेदवार मैदानमा देखिएका छन । हाल एनआरएनए उपाध्यक्षका उम्मेदवार नुवाकोट तारुका निवासी धर्मराज अधिकारीले आफु पढेको स्कुललाई दिन्छु भनेको रकम दिएनन् । उनले ५ वर्ष अघि आफु कक्षा ८ सम्म पढेको स्कुल श्रीकृष्ण मावी नुवाकोट तारुकाको भौतिक पुर्वाधार सुधारको लागी २० लाख सहयोग गर्ने बताएका थिए ।

सो कार्यक्रममा तत्कालिन एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडासहित उपस्थिती थिए । विद्यालयले चन्दादाता भन्दै खतिवडा भन्दा अधिकारीलाई प्रमुख अतिथि मानेर गलाभरी माला लगाएर भाषण गर्न लगाएको थियो । उनै अधिकारीले अष्टेलिया पुगेपछि विद्यालयले पटक पटक ताकेता गर्दा पनि बल्ल ५ लाखमात्रै सहयोग गरे । ५ वर्ष अघि दशैंको सन्दर्भ पारेर नेपाल आएका बखत अधिकारीले विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रममा उनै अधिकारीले आफुले कखरा सिकेको स्कुल भन्दै २० लाख सहयोग गर्ने बताएका थिए ।

तारुका श्रीकृण क्याम्पस संचालनको लागी आर्थिक जोहो गर्न जुटेको व्यवस्थापन समिति अधिकारीले सहयोग गर्ने बताएपछि राहातको महशुस गरेका थिए । तिनै अधिकारीले क्याम्पसको नाममा हालसम्म ५ लाखमात्रै पठाएको तत्कालिन क्याम्पस संचालक समितिका अध्यक्ष कृष्णमान प्रधान बताउँछन । ‘प्रधान भन्छन धर्मराज अधिकारीले पठाएको ४ लाख ९९ हजारमा हामीले १ हजार थपेर क्याम्पसलाई बुझाएका हौं ।ʹ

अधिकारी नुवाकोट तारुकामा जन्मेर स्थानिय श्रीकृष्ण माविमा कक्षा ८ सम्म अध्यायन गरेका हुन । उनि अहिले अष्टेलियामा बसोवास गर्छन । उनको अष्टेलियामा २ सय रेष्टुरेन्ट छन । हालसम्म अधिकारीले क्याम्पसको लागी ५ लाख प्राप्त भएको श्रीकृष्ण माविका निमित्त प्रमुख माधव अधिकारीले बताए । उता उपाध्यक्ष पदकै अर्की उम्मेदवार रविना थापाले प्रचार प्रसारको लागी विज्ञापन वापतको रकम २ वर्ष पुग्दा पनि नदिएको पाइर्एको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार १५:१४