८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मन्त्रिपरिषदमा केही सदस्य थप्ने ओलीको तयारी, रघुवीर हटाउँदा जुली थप्ने प्रस्ताव, यी हुन सम्भावित


२८ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा केही नयाँ सदस्य थप्ने तयारी गरेका छन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साह्रै रहर गरेपछि प्रधानमन्त्री ओलीले केही मन्त्री हटाएर नयाँलाइ जिम्मेवारी दिने तयारी गरेका हुन । प्रधानमन्त्री ओली आफैँ मन्त्रीहरू हेरफेर गर्ने मनस्थितिमा नभए पनि प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रचण्डको अनुरोधमा केहीलाइ हटाएर नयाँलाइ जिम्मेवारी दिने तयारी गरेका छन । प्रचण्ड आफ्नो समूहभित्र अफ्ठेरोमा परेपछि झण्डै एक वर्षदेखि प्रधानमन्त्री ओलीलाइ घचघच्याउँदै आएका छन । प्रचण्डले गोरखाका हरि अघिकारी, बागलुङका देवेन्द्र पौडेल, सिन्धुपाल्चोकका अग्नि सापकोटा र रौतहटका प्रभु साहको व्यवस्थापनको विषयमा बढी नै चिन्ता व्यक्त गरेका छन ।

यता पूर्व एमालेभित्र पनि बामदेव गौतमको कोटामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका रघुवीर महासेठलाइ हटाउने कुरामा राष्ट्रिय सहमति जस्तैछ । जनस्तरदेखि राजनीतिक नेतृत्वको बीचमा महासेठको कारण सरकारले सबैभन्दा बढी बद्नाम व्यहोरेको निष्कर्ष रहेको छ । यद्यपी मुख्यसचिव र प्रहरी प्रमुख समेत हटाउने हिम्मत प्रधानमन्त्रीका अघि देखिएको छैन । सरकारले आजको दिनमा जति पनि आलोचना, बद्नामी पाएको छ त्यो सबैको झण्डै ९० प्रतिशत हिस्सा मन्त्री रघुवीर महासेठ, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी प्रमुख सर्वेन्द्र खनालको छ । तर यी तीनै जनाको हकमा निर्णय लिन प्रधानमन्त्रीलाइ असहज देखिएको छ । यद्यपी प्रधानमन्त्रीलाइ असहज हुनुको कारण खोजीको विषय बनेको छ ।

मन्तिपरिषाद्मा नयाँ सदस्य थप्नेक्रममा रघुवीर महासेठ हटाउने भएपछि उनको श्रीमति जुलीकुमारी महतोलाइ मन्त्री बनाउनुपर्ने विषयमा पनि कुरा उठेको छ । यसमा महासेठ आफैँले प्रस्ताव गरेका छन । यसका लागि उनले बामदेव गौतम पनि लगाएका छन । महासेठ तीनै व्यक्ति हुन जसले बामदेव गौतमलाइ एक वर्षअघि संसदमा गएपछि प्रधानमन्त्री भैहालिन्छ भन्ने भुत सवार भएको समयमा मन्त्री र सांसद दुबै पद त्यागेर गौतमका लागि चुनाव लड्ने ठाउँ खालीगर्न तयार भएका थिए । त्यसकारण महासेठको तर्फबाट जुलीलाइ मन्त्री बनाउनका लागि गौतमले नै पहल कदमी लिने पक्का छ । जुली अहिले श्रीमानले सम्हालेको मन्त्रालयको काममा बढी सक्रिय हुने गरेकी छिन । उनले मन्त्रीको तर्फबाट डिल गर्ने गरेको मन्त्रालयका कर्मचारीहरू बताउँछन ।

मन्त्रिपरिषद् हेरफेर कहिले ? 

राष्ट्रपति विद्यादेवी भण्डारी भोलिदेखि म्यान्माको भ्रमणमा निस्कने भएका कारण अजै मन्त्रिपरिषद् हेरफेरको सम्भावना देखिएको छ । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार यस विषयको समिक्षा र छलफलका लागि पनि आज नेकपाको सचिवालय बैठक बोलाइएको हो । नयाँ मन्त्रीका विषयमा त्यहाँ पनि केही छलफल हुने बताइएको छ । तयारी नपुगेको खण्डमा राष्ट्रपति स्वदेश फर्किएपछि मन्त्रिहरूको जिम्मेवारी हेरफेर र नयाँ थप्ने निर्णय हुनेछ । अहिलेसम्मको तयारीमा नयाँ मन्त्रीले जिम्मेवारी पाएपछि पुराना स्वत पदमुक्त हुने मोडालिटीमा कुरा चलेको छ । अर्थात नयाँ मन्त्रीको नियुक्तिपछिमात्र बाहलवालामन्त्रीले पदमुक्त भएको जानकारी पाउने छन ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार ११:०६