१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सांसदले तोडफोड गरे काउन्टर


२७ असोज, जनकपुर । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै एक सांसदले काउन्टर तोडफोड गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साहले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् ।

सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक विरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको बताएका छन् । काउण्टर नै तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाए पनि पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार १७:२४

UniversityCollege.com