२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

क्लब भिक्टोरीमा भएको आगलागी सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लियो


२६ असोज, काठमाडौँ । दरबारमार्गको क्लब भिक्टोरीमा भएको आगलागी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको हो । आगलागी भएको करिब ३ घन्टापछि नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको बताएका छन । विद्यु सर्ट भएका कारण आगलागी भएको बुझिएको छ । आगलागीबाट भिक्टोरी पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि खटिएको टोलीको मनोबल उचो बनाउन सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल घटनास्थलमै पुगेका थिए ।  आगलागी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं र ललितपुर महानगरपालिकाको ८ वटा दमकल प्रयोग गरिएको थियो । आगो नियन्त्रणमा लिनेक्रममा एक जना फायर फाइटर घाइते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार २१:१९

UniversityCollege.com