१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमै ‘गार्ड अफ अनर’ प्रदान


२५ असोज, काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा शनिबार अपरान्ह काठमाडौँ आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गार्ड अफ अनर प्रदान गरिएको छ । सीलाई सरकारका तर्फबाट नेपाली सेनाले सम्मानस्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

सीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको छ । राष्ट्रपति सीलाई विमानस्थलमा समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्धय इश्वर पोखरेल र उपेन्द्र यादव लगायत मन्त्रीहरू उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।

राष्ट्रपति सी विमानस्थलबाट सोझै सोल्टी होटल प्रस्थान गरेका छन । उनी त्यहाँबाट केही बेरमा समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ता लागि शीतल निवास जाने छन भने त्यसपछि सोल्टी होटलमा आयोजित रात्री भोजमा सरिक हुनेछन ।

 

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार १८:०१

UniversityCollege.com