चिनियाँ राष्ट्रपति सी काठमाडाैँमा (LIVE)
२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी ४ बजेर ५५ मिनेटमा नेपाल काठमाडाैँस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन ।
यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल मन्त्रीहरु विमानस्थल पुगेका छन् ।
प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार १६:१९