१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेपाल सरकार न चीन न त भारतमुखी, हामी नेपाली जनतामुखीः सञ्चारमन्त्री बाँस्कोटा


सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको सम्पूर्ण तयारी पूरा गरेको छ । मुख्य कुरा सद्भावमा, आपसी विश्वास, साझा चासोहरुमा अनी हाम्रा विकास निर्माण र त्यसमा साझेदारीहरुमा बहस, छलफल हुन्छन् । सद्भाव र सहकार्य, विकास निर्माण र विश्व जनमत सँगसँगै अघि बढ्ने हो । महामहिम राष्टपति सीको नेपाल भ्रमण २३ वर्षमा नेपालमा हुने कुरा राष्ट्रको लागि गौरवको कुरा हो । उचाइको हिसाबले नि उच्चस्तरको हो । यो भ्रमण नेपाली जनता, नेपाल राष्ट्रको लागि उपलब्धीपूर्ण हुनेछ । ऐतिहासिक हुनेछ र सम्माननीय प्रधानमन्त्रीले भनेजस्तै हजारौं हजार वर्षदेखिको सम्बन्धमा थप कोशेढुंगा हुनेछ ।

अंकमा जोखिने, बजारमा गएर सपिंग गर्ने जस्तो विषय होइन । त्यो रुपमा हामीले यो भ्रमणलाई हेर्न हुँदैन । यो नेपालको निम्ति चीनले पनि दिएको महत्व हो । र, हामी सँगसँगै छौं । हामी दुखसुखका हजारौं वर्षदेखिका साथी हौं र हामी संगैसगै अघि बढ्ने सन्देश पनि हो र यो विश्व जनमतलाई पनि यो सन्देश हो । आज चीन विश्वभरकै आकर्षणको केन्द्र हो । अवश्य नै विकासमा चीन लगायत सबै मित्रराष्ट्रहरुको साझेदारी चाहान्छौं । सद्भाव चाहान्छौं । सहयोग चाहान्छौं । हामीले अपावश्यक ठानेका विषयहरुमा त्यो गर्छौं ।

विआरआइको जहाँसम्म कुरा छ यो आम रुपमा भन्दा विश्वसंग जोड्ने कुरा हो । यसले जीवनयापनलाई, उत्पादनलाई सहज रुपमा जोडने र आगमन, ब्यापार र मानवीय क्षमता, ज्ञानले उत्पादन गरेका चीजहरु सबैसित बांडेर लिने अवसर पनि हो । त्यसहिसाबले बीआरआइमा गएको हामी होइन, नेपाल राष्ट हो । यसमा नेपाल मात्र होइन युरोप र विश्वका धेरै देशहरु सामेल भइसकेका छन् । जहाँसम्म भारतको सरोकारको कुरा छ, हामी अहिले यतिमात्र भन्न सक्छौं हाम्रा साझा चासोहरुमा कुरा राख्न सक्छौँ । बिआरआइको बारेमा भारतको आफ्नै दृष्टिकोण हुन सक्छ । अमेरिकाको आफ्नै दृष्टिकोण हुन सक्दछ ।

प्रत्येक राष्टहरुको आफ्नै दृष्टिकोण हुन सक्छ । तर, हामीले यो कुरा स्पष्ट रुपमा बुझ्नुपर्दछ, हामीले चिनसित सम्बन्ध वा साझेदारी गरिरहदा अर्को देशसंग जोडेर होइन, हाम्रो आवश्यकतासित जोड्नुपर्छ । यसैगरी भारतसित कुनै काम गरिरहदा पनि अर्को देशसित जोडेर गर्न हुदैन । र, अमेरिकासित गरिरहदा पनि अर्को देशसित जोडेर गर्नु हुदैन । यो स्वभाविक हो । चीन र हाम्रा दुई छिमेकी राष्ट हुन । असल राष्ट हुन र हाम्रा असल छिमेकी पनि हुन् । अरु देशसंगको सम्बनध पनि विशेष छ । तर, यो अझ विशेष छ । त्यसैले कसको समर्थन कसको विरोध भन्नेतिर नजाऔं । हाम्रो देशले त्यो परियोजनाबाट लाभ लिन चाहेको छ । खासगरी टन्स हिमालयनको कनेक्टीभिटीको ।

चीनले अनुदान देनाको ऋणको जुन प्रश्न छ, मैले अघि पनि भनें हामी छलफल गछौं । हाम्रा आकांक्षाहरु छन् । चीनको आफ्नै क्षमता पनि छ । त्यसैले हामीले यो कुरालाई नेपाली जनताको चासो, आकांक्षा र चीनको क्षमताका सन्तुलनभित्र र हाम्रो आफ्नो पनि केही न केही लगानीभित्र यसलाई अघि बढाउन चाहान्छौं । हामी मूलभूत रुपमा पूर्वाधारका क्षेत्रमा, प्रविधि हस्तान्तरणको क्षेत्रमा, ज्ञान हस्तान्तरणको क्षेत्रमा, उर्जा, कृषि क्षेत्रमा नेपाल राष्टले आफैले पनि सुख र समृद्धिको बाटो लिएको छ र हामीले समाजवाद निर्माण गर्ने कुरा गरेका छौं । त्यो समाजवाद जहां नेपाली जनताहरु दख, अभाव, रोग, भोक जस्ता कस्ट सहेर बस्न नपरोस् । त्यसका लागि हामीले आफ्ना स्रोत, साधन र क्षमता नी परिचालित गर्नुपर्दछ ।

यो सांचो कुरा हो कि मित्र राष्टहरुको सहयोगले मात्र सबै कुरा बन्न सक्दैन । तर पनि हामीलाई खास बेलामा सहयोग चाहिन्छ । ती सहयोगहरु हामी सबैसित लिन्छौं । विज्ञान प्रविधि, पूर्वाधारका समग्र क्षेत्रहरु, कृषी, उर्जाका उत्पादनमा जान सक्छौं । यी प्रस्तावहरु हामी राख्छौं । जहां समान दृष्टिकोणहरु निर्माण हुनुपर्छ । त्यसपछि कार्यविधि वा सहमति बन्छ । चीन अहिले विश्वको दोस्रो अर्थतन्त्र भएको देश सबैलाई थाहा छ । त्यो अर्थतन्त्र भएको देशको राष्टपति नेपाल आउदा हामीले हाम्रा जनताले बढी अपेक्षा गर्नु स्वभाविक नै हुन्छ । तर, चिनको पनि विश्वव्यापी दायित्वहरु छन् । आफनै दायित्वहरु पनि छन् । छिमेकीसितको असल सम्बन्ध, सहयोग र सद्भावलाई अघि बढाउने उसका पनि आफ्नै सीमाहरु छन् । ती सीमा र हाम्रा आकांक्षाहरुबीचको सन्तुलनभित्र हामी यो विषयलाई टुंगोमा पुर्याउन सक्छौं जस्तो लाग्छ ।

केरुंग काठमाडौंको रेल कहिले बन्छ, यो भ्रमणमा त्यसबारे सहमति हुन्छ त भन्ने प्रश्नमा सम्माननीय प्रधानमन्त्रीले सुख र समृद्धिको, प्रगति र राष्टिय श्रीवृद्धिको सपना देखिरहदा, सपनाहरुलाई संकल्पमा अनुदित गरिरहदा अहिले हामी सपनाहरुलाई संकल्पमा बदल्न प्रयासरत छौं । जब संकल्पहरु कार्यायोजनामा बदलिनेछन्, यो कार्ययोजनातर्फको पहिलो पाइलो केरुंग काठमाडौं रेलमार्ग हुनसक्छ । त्यो कार्यायोजनाको पहिलो पाइलो भइसकेपछि कार्यान्वयनका विधि, प्रक्रिया, समय, यो त फेरी प्राविधिक विषय हो कि कहां सुरुंग बन्छ, कहा पुल बन्छ, कहा हिउ पर्छ । यो त जटिलै छ । तर पनि काम हुन्छ ।

हामी आशा गर्न सक्छौं, हाम्रा दृष्टिकोणहरुको साझापन र हाम्रा क्षमताहरुको सन्तुलनको बीचमा हामी यसलाई सफलतातिर लाने कोशिश गर्नेछौं । र त्यसमा चिनिया सद्भाव पनि हामीले प्राप्त गर्नुपर्ने हुन्छ । त्यो सद्भाव नभइकन त सहयोग हुदैन । सद्भाव हामीलाई छ । हाम्रो राष्ट्पतिज्यूके मैत्रीपूर्ण निमन्त्रणमा चिनिया राष्टपति नेपाल आउदै हुनुहुन्छ । त्यसैले यसलाई अहिले हामीले तुलोमा हालेर नजोखौं । कति अर्ब बोकेर आउने, कति करोड बोकेर आउने जस्तो नगरौं । मैले अघि पनि भने चीनका आफ्नै दायित्वहरु छन् । किनभने कमजोर छिमेकी रहिरहनु भनेको शक्तिराष्टहरुका लागि दुखको कुरो हुन्छ । गाउघरमा पनि यस्तो देखिन्छ ।

छिमेकमा ठूलठूला घरमा दशैको भोज मनाइरहदा झुप्रोमा बसेको नागरिकले त्यतापटि हेरेर घुटुघुटु थुक निल्यो भने त्यो महलको त्यो वैभवताको खिल्ली उडाएजस्तो देखिन्छ । अथवा त्यसले गिज्याइरहेको जस्तो देखिन्छ । त्यसकारणले मान्छेहरुले सहयोग गर्छन् । संगै यात्रा पनि गर्छन् । चीनसित दौंत्य सम्मन्ध भएदेखि मात्र होइन, हाम्रो सम्बन्ध भृकुटीदेखि छ, अरनिको देखि छ । हाम्रो सम्बन्ध भूगोलले जोडेको छ । हाम्रो सम्बन्ध कहीं न कहीं संस्कृतिले जोडेको छ । र अवश्य नै चीन पनि शान्त, सम्बृद्ध र सुखी नेपाल देख्न चाहान्छ । त्यसमा उसले सक्दो सहयोगको हात फैलाउछ भन्ने हाम्रो विश्वास हो ।

सीको विचारमा गयो भनेर कांग्रेसले भन्नु हावादारी कुरा हो । सीको विचारलाई के के रुपमा बुझ्ने ? यो विचारधारा दर्शनमा के हो ? सिद्धान्तमा के हो ? व्यवहारमा के हो ? चिनिया प्रयोगमा के हो ? हरेक देशका विचारधारा, दर्शन आफ्ना मौलिकताभित्र निहित हुन्छन र ती चीजहरुबाट अरुले शिक्षा अथवा लाभ हुने कुराहरु ग्रहण गर्न सक्छन् । तर कुनै पनि देशमा कुनै पनि विचारधाराको निर्यात हुन सक्दैन । त्यसबाट मान्छेहरुले शिक्षा लिने र आफूूूलाई काम लाग्ने कुराहरुबाट आफ्नो पनि प्रगति गर्न सक्छन् । सी विचारधाराको एउटा पक्ष विकास होला, अर्को विश्वव्यापी शान्ती होला । अर्को विश्वव्यापी रुपमा मानव जातिको हित र कल्याण पनि होला ।

नेपाल कम्युनिष्ट पार्टी पनि कम्युनिष्ट पार्टी हो । र चिनिया कम्युनिष्ट पार्टी पनि कम्युनिष्ट पार्टी नै हो । त्यस हिसाबले हाम्रा सम्बन्धहरु विशेष प्रकारका छन् । तर मलाई यो पनि थाहा छ कि चिनिया कम्युष्टि पार्टीसित नेपाली कांग्रेसको आफ्नै पनि सम्बन्ध छ । र, नेपालका सबै पार्टीहरुसित चिनिया कम्युनिष्ट पार्टीको सम्बन्ध छ । त्यसैले विचारहरुको आदानप्रदान हो । विचारहरुको ग्रहण वा अस्वीकार होइन ।
चिनतिर सरकार ढल्केको भन्ने मिथ्या हो । चिनिया राष्टपति आउदा त्यसो भन्ने हो भने भारतीय प्रधानमन्त्री आउदा कसरी हेर्ने ? उहापनि आएर जानु भयो, उहाले पनि आफूले सक्ने सहयोगको कुरा गर्नुभयो । उहाका पनि आफ्ना मूल्य मान्यता पद्धतिहरु छन् । भोलि अमेरिकाको राष्टपति आउनुहोला, हामी कोशिश गरौंला, भोलि जापानको आउनुहोला । फ्रान्सको आउनुहोला, रसियाको आउनुहोला । उहाहरुको आ आफ्नै बुझाइहरु भइहाल्छनी । त्यसैले मानव जातिले राम्रो कुरो जहाबाट जति नी सिक्न सक्दछ । तर, हुबहु कहीपनि लागू हुदैन । हामी नेपालमुखी हौं । नेपाली जनतामुखी हौं । सम्माननीय प्रधानमन्त्री ज्यूले हाम्रो परराष्टसम्बन्ध बारे एक लाइनमा बताउनुभएको छ । त्यो के छ भने हाम्रो सबै सित मित्रता हो कसैसित शत्रुुता नगर्ने परराष्ट नीति हो ।

सरकारको चिनसंग मात्र होइन, भारतसंग पनि उत्तिकै राम्रो सम्बन्ध छ । केही समय अघि एउटा परियोजना जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले संयुक्त रुपमा अमलेखगन्ज पाइपलाइनको शुभारम्भ गर्नुभयो । त्यतिखेर मोदीले बताउनुभएको कुराले नै प्रष्ट संकेत गर्दछ । विशेष र धेरै महत्वपूर्ण उचाईमा सम्बन्धहरु नेपाल र भारतको भएको छ । विश्वसनीय सम्बन्धहरु स्थापीत भएको छ । व्यक्तिगत रुपमा पनि नेपालका प्रधानमन्त्री र आफ्नोबीचमा घनिष्ठ र पूर्ण विश्वासको सम्बन्ध रहेको, व्युरोकेटिक सम्बन्धबाट उच्च तहको राजनीतिक सम्बन्धमा बदलिएको कुरा भारतीय प्रधानमन्त्री स्वयंले भन्नुभएको छ ।

जब भारतीय प्रधानमन्त्री भरर्खरै उहा निर्वाचित हुनुभएको छ, प्रचण्ड बहुमतले । उहाले त्यो भनिरहनुभएको छ भने, हामी चिनमुखी भयौं कि भारतमुखी भयौं कि अमेरिकीमुखी भयौं कि भन्ने कुराको परिभाषा चाहिं कसले र किन गर्न खोज्दैछ ? यो त कुनै तुक भएको विषय जस्तो मलाई लाग्दैन । न हामी चीनमुखी न हामी भारतमुखी । न हामी चीन विरोधी, न हामी भारत विरोधी । न हामी अमेरिकामुखी न हामी अमेरिकाविराधी । यसरी बुझ्नु धेरै राम्रो हुन्छ । हरेक देशसित कसैसित सांस्कृतिक सम्बन्ध एकदम विशिष्टप्रकारको हुन्छ । कसैसित कनेक्टिभिटीको हुन्छ । यही कुरालाई अमेरिकासंगको कनेक्टीभिटी के हो भन्दा त्यो धेरै गाह्रो कुरा हुन्छ । तर चिन र भारतसंगको हाम्रो कनेक्टीभिटी त सहज हो । हाम्रो अधिकारको पनि विषय हो । किनभने हामी ल्याण्डलक छौं । ल्याण्डलकबाट ल्याण्डलिंक हुन चाहान्छौं । हाम्रो समुन्द्रसंगको पहुंच पुर्याउने कुरा छ । हामी कसैको रुची होइन, नेपाली जनताको रुची र चाहानाअनुसार काम गर्छौं । अवश्य नै हामी एक्लै काम गर्न सक्दैनौं । सद्भाव अमेरिका, चीन, भारत,यूरोप सबैको चाहिन्छ । सबैको साथ र सहयोगमा काम गर्न चाहान्छौं । (नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्तामा व्यक्त गरेको विचारको सम्पादित अंश ।-सम्पादक)

भिडियो तलको लिंकमा हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार १८:३४