सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेकाे धुलिखेल अस्पतालमा यसरी हुँदैछ उपचार (फाेटाेफिचर)
२४ असोज, काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटना परी घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस बिहान पौने १० बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनाका गम्भीर घाइतेहरुलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । दुर्घटनामा परेर हालसम्म ११ जनाको मृत्यु भइसकेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोले जनाएकाे छ । प्रहरीका अनुसार ५ जनाको घटनास्थलमा, उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा १ जना र धुलिखेल अस्पतालमा उपचारको क्रममा ५ जनाको मृत्यु भएको छ । ५१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।
घाइतेकाे धुलिखेल अस्पतालमा यसरी हुँदैछ उपचारः
प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार १४:२३