१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

सिन्धुपाल्चकोमा बस दुर्घटना, ५ जनाको मृत्यु, ६० जना भन्दा बढी घाइते


२४ असोज, काठमाडाैँ । सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६० जना भन्दा बढी घाइते भएका छन । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ३९०२ नम्बरको बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको प्रहरी चौकी भीमटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक परशुराम साहले जानकारी दिए ।

तस्बीरः खबरहव ।

साहका अनुसार बसमा ८० भन्दा बढी यात्रु सवार रहेका थिए । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी खटिएका छन् भने स्थानीयले उद्धारको काम जारी राखेका छन । घाइते मध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार ११:४४

UniversityCollege.com