१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रहरी संगठनभित्रको भ्रष्टाचारबारे प्रधानमन्त्री र गृहमन्त्री माैन, माैनताको रहस्य के ?


२४ असोज, काठमाडौँ । संगठन भित्र ठूलो भ्रष्टाचारको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा पनि नेपाल प्रहरीले ६४ औँ प्रहरी दिवस भव्य रूपमा मनाएको छ । संगठन भित्र ठूलो भ्रष्टाचारको अशंका र त्यसमा महानिरीक्षक सर्वेन्द्र खनालकै संलग्नताको विषय बाहिर आइरहेको सन्दर्भमा कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादले एक शब्दमा यस विषयको ध्यानाकर्षणमा खर्च गर्न चाहेनन् ।

प्रधानमन्त्री र गृहमन्त्री दुबैको पारदर्शिता र सुशासनको विषयमा जोडका साथ उठाए पनि प्रहरीकै बारेमा भैरहेको अनुसन्धान र त्यसमा बहालवाला संगठन प्रमुखकै संलग्नताको विषयमा चुँ पनि नोबोल्नुलाइ रहस्यमयी ढंगले हेरिएको छ । विकृति र भ्रष्टाचारविरूद्ध ओली सरकारको निर्ममता महराकाण्डमा देखिएकै छ । प्रधानमन्त्रीले प्रहरीलाइ धेरै खाले सुझाव दिए पनि संगठनिभत्रको भ्रष्टाचारको बारेमा केही पनि बोलेनन् । 

नेपाल प्रहरीको सुदुरभविष्यका लागि यद्यपी त्यो शैली सर्वेन्द्र काण्डमा पनि देखिनु आवश्यक छ । देशमा सबैले प्रहरीप्रतिको विश्वास अझै बढाउन र सरकारप्रतिको भरोसा पनि बढाउनका लागि भ्रष्टाचारविरूद्ध शून्य सहनशिलताको नीति  व्यवहारमा देखिनु आवश्यक छ । सोही कार्यक्रममा गृहमन्त्री बादलको भाषणमा पनि संगठनको आन्तरिक जीवन सुदृण गर्ने विषय केही पनि आएन । प्रहरी दिवसका सात तस्बीर तल हेर्नुहोस् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार १०:४३