७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक विदा


२४ असोज, काठमाडाैँ । सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सीको स्वागतका लागि आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि सार्वजनिक विदा दिन प्रस्ताव गरेको थियो । सी २ दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन । सीको स्वागतका लागि काठमाडौँलाइ दुलही झैँ सिँगारिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार ०९:००