१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपाल ओमानसँग पराजित


२३ असोज, काठमाडाैँ । पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाल घरेलु टोली ओमानसँग पराजित भएको छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपाल छ विकेटले पराजित भएको हो । टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रन बनायो । नेपालले दिएको ६५ रनको सामान्य लक्ष्य ओमानले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

ओमानका लागि सुरज कुमारले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३० बलमा तीन छक्का तथा दुई चौका प्रहार गरे । बलिङतर्फ करण केसीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक÷एक विकेट लिए । यसअघि नेपालका लागि आरिफ शेखले २० तथा दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए । बलिङतर्फ ओमानका आमिर कलिम एक्लैले पाँच विकेट लिए । बिलाल खानले दुई तथा मोहम्मद नदिम र खावर अलीले एक÷एक विकेट लिए । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार २१:१३