१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मानवसेवा आश्रमका असहायसँग प्रधानमन्त्री पत्नी राधिका शाक्यको दशैंँ


२३ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले आज मानवसेवा आश्रम सामाखुशीमा आश्रय लिइरहेका असहायसँग दशैँ मनाउनु’ भएको छ । आश्रममा रहेका असहायहरुलाई टीका लगाई भोजन गराएर उहाँले रु ५० हजार सहयोग गर्नभएको आश्रमका प्रदेश संयोजक सुमन वर्ताेलाले जानकारी दिनभयो । उहाँका अनुसार शाक्यले यसअघि पनि पटक–पटक सहयोग गर्दै आउनुभएको छ । उहाँलाई आश्रम परिवारले राधिका आमा भनेर सम्बोधन गर्ने गरेका छन् ।

सामाखुशीस्थित मानवसेवा आ७नतसममा आ७िनतसत व्यक्तिहरुसँग दशैं मनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य । तस्वीरः नारायण ढुंगाना

सो क्रममा उहाँले नेपाल सरकारले बेसाहारामुक्त राष्ट्र बनाउने सङ्कल्प लिएको स्मरण गर्दै सरकारको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । निवास्र्थ समाजको भलाइको लागि लागेको समूहलाई देख्दा उनीहरूलाई सकेको सहयोग गरौँं भन्ने भावना जागेर आउने भन्दै उहाँले मानवसेवाआश्रम आफ्नो लागिसमेत प्रेरणाको स्रोत बनेको बताउनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार २१:०७