११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सार्वजनिक स्थालमा पार्किङमा राखेको वडाअध्यक्षको सहित ९ वटा मोटरसाइकलमा आगजनी


२३ असोज, धनुषा । धनुषाको एक गाउँपालिकामा ९ वटा मोटरसाइकल र ३ वटा साइकलमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ्ग गरि राखिएको ९ वटा मोटरसाइकल र ३ वटा साइकलमा आगजनी गरेको हो । सार्वजनिक स्थलमा पार्किङ्ग गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकलहरु जलेर नष्ट भएको छ भने बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत जलेर नष्ट भएको छ ।

तस्बीरः पुरन साह ।

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले आज विहान अन्दाजी ३ः३० बजेको समयमा पार्किङ गरि राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।सो आगलागीमा जनकन्दिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षको सरकारी गाडीमा समेत क्षति पुगेको छ । सो घटनामा ५ ओटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको प्रहरी निरीक्षक थापाले बताए

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार ११:३३