७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सजाइएको पोस्टर च्यात्ने दुई जँड्याहा प्रहरी नियन्त्रणमा


२३ असोज, काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि बानेश्वरको पुलमा राखिको नेपालको विशेषता झल्काउने पोस्टर च्यात्ने दुई जना जँड्याहा पक्राउ परेका छन । जाँडले मातिएका दुई जँड्याहाहरूले वेसुरमा पोस्टर च्यातेको प्रहरीले जनाएको छ । पोस्टर च्यात्ने दुई जना जँड्याहामा उदपुर गाइघाटका गोपाल सार्की र राैतहटका राजकुमार ठाकुर रहेका छन ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले दुई जना जँड्याहा प्रहरी नियन्त्रणमा रहेको पुष्टि गर्दै उनीहरूले कुनै नियतले नभै बेसुरमा पोस्टर च्यातेको बताए । सामाजिक सञ्जालमा चीनबिरोधी समूहले पोष्टर च्यातेको भन्दै गरिएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाउँदै डिएसपी बोगटीले च्यात्नेहरूले नियतबस त्यस्तो गरेको नदेखिएको बताए । पोस्टर च्यातिएको विषयलाइ लिएर सामाजिक सञ्जालमा अनुमानका भारमा अनेक खालका टिप्पणीहरू सार्वजनिक भैरहेका छन ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार ०९:३५