१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

खनालको घरमा प्रहरीको छापा, तीन जना पक्राउ, तीन जना फरार


२३ असोज, बाँके । नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट रु ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार ०७:४७