१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चिनियाँ राष्ट्रपति सीकाे नेपाल भ्रमण तालिका सार्वजनिक, सी २५ गते आउने


२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणकाे तालिका सार्वजनिक भएकाे छ । बुधबार विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सीले २५ असोजमा काठमाडौं आउने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सीले २५ र २६ गते नेपाल भ्रमण गर्न लागेकाा हुन ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार १२:३०