८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पाँच देशको टी-२० श्रृंखलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी, नेदरल्याण्ड्स ४ विकेटले पराजित


२० असोज, काठमाडाैँ । पाँच देशको टी-२० श्रृंखलाको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । सोमबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हरायो । नेदरल्याण्ड्सले दिएकाे १३४ रनकाे लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएकाे हाे । नेदरल्याण्ड्सलाई १३३ रनमा राेक्न ४ विकेटकाे महत्वपूर्ण याेगदान दिएका करन केसीले १४ बलमा ३१ रन बनाएपछि नेपाल विजयी भयो ।

अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा क्रिजमा रहेका करन केसीले पहिलाे बलमा छक्का, तेस्राेमा चाैका तथा चाैथाे बलमा फेरि छक्का प्रहार गरेपछि स्काेर बराबर भएकाे थियाे । पाँचाैँ बलमा १ रन लिँदै केसीले नेपाललाई प्रतियाेगिताकाे दाेस्राे जित दिलाएका हु्न् । यसअघि बलिङतर्फ करन केसी र सन्दीप लामिछानेले ४-४ तथा ललित राजव‌शीले १ विकेट लिएका थिए । एक विकेट भने रन आउटका रुपमा आएकाे थियाे ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार १८:१२