७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेपाल बैंकको खुद मुनाफा २.०६ प्रतिशतले बढ्यो


 

१२ वैशाख,काठमाण्डौ । नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको प्रथम नौ महिनामा २.०६ प्रतिशतले मुनाफामा बृद्धि भएको छ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षमा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ ।

बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप रु ९० अर्ब ८१ करोड र कर्जा रु ७९ अर्ब ७१ करोड पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ ।

बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार बैंकले तीन महिनाभित्र मुलुकभरका विभिन्न २७ स्थानमा शाखा स्थापना गर्दैछ । आठ दशक यता अविच्छिन्नरुपमा देशको वित्तिय सेवामा संलग्न यस बैंकले हाल मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिइ १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बंैकिग सेवा पु¥याइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १८:५३