६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

एन्फा निर्वाचन वैशाख २२ गते हुने


१२ वैशाख, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन यही वैशाख २२ गते हुने भएकोछ । पाटन उच्च अदालतले यसअघिको अन्तरिम आदेश खारेज गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमितिको चुनाव वैशाख २२ गते हुने तय भएको हो । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश बिष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले गएको चैत ७ गते जारी गरेको अन्तरिम आदेश खारेज गर्ने फैसला गरेको हो ।

गएको चैत १४ गते हुनुपर्ने एन्फा केन्द्रीय निर्वाचनमा आफूहरुलाई मताधिकारबाट बञ्चित गर्न लागिएको भन्दै भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र मकवानपुर जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष मणि श्रेष्ठले दायर गरेको मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको थियो । यसअघि गत बैशाख ९ गते एन्फाको निर्वाचन समितिले बैशाख २२ गते चुनाव गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १८:०५