१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइराला सिफारिस


१७ असोज, काठमाडाैँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने तयारी गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री समक्ष  विश्वविद्यालयको उपकुलपतिमा कोइरालाको नाम एक नम्बरमा राखेर सिफारिस गरेका छन । उपकुलपतिमा नियुक्त गर्नकै लागि कोइरालाको नाम एक नम्बरमा सिफारिस गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

शिक्षामन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा एक नम्बरमा भगवान कोइराला, दुई नम्बरमा धर्मकान्त बास्कोटा र तीन नम्बरमा चन्द्रमणी पौडेलको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका छन । कोशिश गरेर पनि हालकी निमित्त उपकुलपति सुधा त्रिपाठी सिफारिसमा पर्न सकिनन् । डा कोइराला उपकुलपति त्रिविमा अामुल परिवर्तन अाउने अपेक्षा गरिएको छ । उनले त्रिवि शिक्षण अस्पताको कार्यकारी निर्देशक भएर सुधारका कामहरू गर्दैगर्दा नेविसंघका पुर्व नेता समेत रहेका चिकित्सक डा गोविन्द केसीले

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार १०:२३