१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालीको प्रतिव्यक्ति आय एक लाख ६ हजार नाघ्यो, आर्थिक वृद्धिको अनुमान संशोधन गरी घटाइयो


१२ वैशाख, काठमाडौँ । नेपाली नगरिकको प्रतिव्यक्ति आय १ हजार ४ डलर पुगेको छ । प्रतिव्यक्ति आय यो वर्ष १३८ डलरले वृद्धि हुँदै १ हजार ४ डलर पुगेको हो । नेपाली मुद्रामा प्रतिव्यक्ति आय १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

यसैबीच आर्थिक वृद्धिको अनुमानलाई संशोधन गरिएको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५.८९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । स्वेतपत्रमार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको संशोधित अनुमान भए पनि विभागले ५.८९ प्रतिशत मात्रै हासिल हुने बताएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १७:२७