७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एक एक गरि देशका सबै संस्था समाप्त भए, महरालाई पक्राउ गरि कारबाही गर्नुसः प्रा डा संग्राैला


१६ असोज, काठमाडौँ । पूर्व महान्यायाधीवक्ता एवं कानुनका ज्ञाता प्रा डा युवराज संग्रौलाले बलात्कार प्रकरणमा सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेका छन । उनले महराको काम घोर अनैतिक भएको भन्दै पक्राउ नै गरेर कारबाही गर्न सुझाव दिएका हुन । बुधबार साँझ आफ्नो फेसबुक एकाउन्ट मार्फत चार बुँदामा विचार राख्दै प्रा डा संग्रौलाले देशभित्रको विकृतिमाथि तिखो प्रहार गरेका छन ।

उनले लेखेका छन ‘एक एक गरि देशका सबै संस्था समाप्त पारे । न्यायपालिका डुबाए । अब ससंद पनि डुबाए । ४८ सालदेखि महराजीको यो हालत रहेछ । उहाँ क्रान्तिकै बेला पश्चिमी शक्तीको फेर समात्ने ब्यक्ति हुनुहुन्थ्यो भन्ने कुरा त डा केबी रोकायाको अन्तरबार्ता सुनेको थिए। केही कुरा त मैले मेरो किताबमा पनि राखेको छु। कम्युनिस्ट र कांग्रेस पार्टी दुबैमा थुप्रै छन।’ संग्रौलाले विदेशीका हण्डीखानेहरूलाई आफ्नै अघि खोज्न समेत सुझाव दिएका छन ।

सामाजिक सञ्जालकै माध्यमबाट तिखो रूपमा गलत कामको खबरदारी जारी राखेका प्रा डा संग्रौलाले कोही राजदूत बनेर र त कोही मन्त्री बनेर देश बेचेको बताउँदै खोज्नका लागि अनुरोध गरेका छन । उनले कम्युनिस्ट र कांग्रेसको कारण देशले इण्डोनेसियाको हालत भोग्नुपर्ने अवस्था आउनेतर्फ सचेत रहन समेत भनेका छन । प्रा डा संग्राैलाको यो सुझावमा ९ घण्टाको बीचमा १४५ सजनाले सेयर गरेका छन भने ७२ जनाले प्रतिक्रिया जनाएका छन ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार ०५:१६