७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पीडित महिलालाई महराको फोन ‘हिजो खाको बेलामा जे भयो भयो अहिले रेस्ट गर्नु’ (भिडियोसहित)


१३ असोज, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि सामाजिक सञ्जाल तातिएको छ । धेरैले महराको व्यवहारको आलोचना गरेका छन भने केहीले बचाउ पनि गरेका छन । यद्यपी बलात्कारको आरोप लगाउने महिलासँग पटक पटक फोन गर्दै सभामुख महराले ‘हिजो खाको बेलामा जे भयो भयो अहिले रेस्ट गर्नु’ भन्दै सान्तान्वना दिइरहेका छन । हाम्रा कुरा डट कमको टिमले अन्तर्वार्ता लिइरहेको समयमा पनि महराले फोन गरेर ती महिलासँग कुरा गरेका छन । ती महिलाका अनुसार महराले खाको बेलामा हिजो बेलुका जे भए पनि अहिले तिमी रेस्ट गर । मिडियामा केही नबोल भोलि सल्लाह गरौँला भनेका छन । जुनकुरा भिडियोमा देख्न र सुन्न सकिन्छ ।

यो महराको जीवनमा लागेको अहिलेसम्मकै गम्भीर आरोप हो । आरोप पुष्टि हुन त समय लाग्ला वा पुष्टि नहुन पनि सक्ला तर साभामुखले मदिराले मातिएको अवस्थामा संसदकै एक कर्मचारीलाइ मदिरा खुवाएर बलात्कारको प्रयास गरेको पीडित मिहलासँग महराले गरेको कुराकानीबाट पनि केही संंकेतहरू मिल्छ । महिलाका अनुसार राति नै प्रहरीहरू महिलाको निवासमा पुगेका थिए । ती महिलाका अनुसार सभामुख महरासँग उनको २०४७ सालदेखिको चिनजान हो । आइतवार साँझ ती महिला कर्मचारीको तिनकुनेस्थित डेरामा महरा मतेको अवस्थामा पुगेको महिलाले बताएकी छिन ।

भिडियो हेर्न सुन्न तल (साैजन्यः हाम्रकुरा डटकम)

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार २३:५२