१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चर्चको जग हाल्दै नेकपाका नेता सुरेन्द्र पाण्डे, दलका नेताहरूमा किन बढ्दै छ चर्चप्रतिको मोह ?


१२ असोज, काठमाडाैँ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधिकांश नेता क्रस्चियनहरूको प्रचारक बनिरहेको आरोप लागेको बेला नेताहरूले कतै चर्चको उद्घाटन त कतै शिलान्यास (जग हाल्ने)मा रमाउन थालेका छन । बढीनै क्रस्चियनवादी भयो भनेर आरोप लागेका नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकटका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा एउटा चर्चको भव्य समारोहकाबीच शिलान्यास गरेका छन ।

पाण्डेले चितवनको राप्ति नगरपालिकाको वडा नम्बर ४ सुन्दरवस्तीमा सामुदायिक भवनको नाममा चर्चको जग हालेका हुन । उनले सुन्दरवस्ती अगावे चर्चको शिलान्यस गरेपछि सामाजिक सञ्चालमा चर्को आलोचना भैरहेको छ । यसअघि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि आफ्नो निर्वाचन क्षेत्रमा चर्चको उद्घाटन गरेपछि चर्को आलोचना भैएको थियो ।

यसरी समग्रमा हेर्दा राजनीतिक दलका नेताहरूमा चर्चप्रतिको मोह बढ्दै गएको छ जसका कारण मन्दिरै मन्दिरको ठाउँ भनेर चिनिने नेपाली सहर र गाउँहरू विस्तारै चर्चले भरिन थालेका छन । यता जवर्जस्ती वा प्रलोभवनमा पारेर धर्म परिवर्तन गराउनेक्रम पनि रोकिएको छैन । धर्मनिरपेक्षताको नाममा समाजमा क्रिस्चियनहरूको अस्वभाविक गतिबिधि बढे पनि राज्यका तर्फबाट ठोस कुनै कदम चालिएको छैन ।

यो पनि पढ्नुहोस्

-नुवाकोटमा नक्सापास नगरी बनेको चर्च उद्घाटनमा कांग्रेस नेताको लर्को (फोटोफिचर)

-परिवार भाँड्न र गरिबको सम्पत्ति लुट्न क्रिस्चियनको डरलाग्दो खेल, सरकार निरीह (भिडियोसहित)

-खाममा दाम राखेर बाइबल बाँड्दै हिडेँका दुई विदेशीसहित पाँच क्रिस्चियन प्रचारक पक्राउ

-आनन्दवन अस्पतालमा उपचारका नाममा क्रिस्चियन धर्मको प्रचार, विरामीलाई बाइबल पढाइन्छ

-क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका २ भारतीयसहित ६ जना तेह्रथुमबाट पक्राउ

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार ०९:४१