१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

पारसको कीर्तिमानी शतकसँगै सिंगापुरमाथि नेपालको ९ विकेटको शानदार जित


११ असोज, काठमाडाैँ । कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुर माथि ९ विकेटको शानदार जित हाँसिल गरेको छ । नेपालको त्रिकोणात्मक सिरिजमा यो पहिलो जित हो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य एक विकेट गुमाएर नेपालले १६ ओभरमा भेट्टायो । नेपालले पहिलो विकेटको रूपमा इशान पाण्डेलाइ ५ रनमै गुमाएको थियो ।

दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको साझेदारी गरेका पारस ४९ बलमै शतक पुरा गरे । उनले सिंगापुरका कप्तान टिम डेभिडको बलमा छक्का हान्दै शतक पुरा गरे ।  यससँगै उनी टी-२० आईमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् । एकदिवसीय क्रिकेटमा पनि शतक बनाउने पहिलो नेपाली क्रिकेटरको रेकर्ड पनि उनकै नाममा छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार २१:१२