८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाली दलित समुदायले भोग्नु परेको पीडा र संघर्षको गाथा ‘निहारिका’


११ असोज, काठमाडौँ । प्रकाश तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ बजारमा आएको छ । नेपाली दलित समुदायले भोग्नु परेको पीडा र संघर्षको गाथाले भरिएको प्रस्तुत उपन्यासमा ब्राह्मण पुत्री शारदा र बिश्वकर्मा पुत्र मोहनको आदर्श प्रेम, अन्तर्जातीय बिबाह, उनीहरूमाथिको पारिवारिक एवम् सामाजिक उत्पीडन अनि त्यस बिरुद्ध बिद्रोहको मसाल प्रज्वलित छ ।

कतै शारदा र मोहनको प्रेम संवेग त कतै जीवन–दर्शनको सुगठित मन्थन । रसात्मक–लयात्मक र काब्यात्मक वाक्य । पर्यटकीयस्थल घलेगाउँ, बन्दिपुर, सराङ्कोट र गोवाको समुद्री लहरसंगै लहराउने प्रेम कथा । उपन्यासकी नायीका शारदा सयन कक्षमा पति मोहनलाई सोध्छेः
‘छोराको पप्पी र मेरोे पप्पीमा कुन मीठो ?’  ‘दुबै मीठा तर स्वाद अलगअलग ! छोराको पप्पीमा आशा ! तिम्रो पप्पीमा नशा !’ मोहन भन्छ ।

‘हेर त जाताततै संभ्रान्त फूलहरू मुस्कुराइरहेका ! खै त यहाँ हामीले द्यौरालीमा चढाउँदै आएको पाती ? मालीको नजरमा के गुलाफ, के पाती ? ए माली ! तँ किन यति विभेदकारी ? किन लगाइनस् तैले बगैँचामा हरियो पाती ?’ स्तैयस्तै अनेकौँ हृ्रदयस्पर्सी बाक्यांश उपन्यासमा पढन पाइन्छ । तिवारीका यसअघि दर्जनौँ फुटकर लेख रचनाका साथै परित्यक्त र निलोफर नामक दुई उपन्यास प्रकाशित भैसकेका छन् । उनी नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीसमेत हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार ०८:२५