७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भिजिट नेपाल २०२० को सचिवालयमा मन्त्रीका आफन्त विज्ञ, बच्चुनारायण ल्याउन यस्तो छ चलखेल


-पवित्रा मुडभरी 

१० असोज, काठमाडौँ । निकटकाहरूबाट इतिहासकै लोकप्रिय भनिएका संस्कृित पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले हुने बिरूवाको चिल्लो पात भने झैँ नेपाल भ्रमण वर्षको सचिवालयमा दुई जना आफन्तलाई जागिर खुवाएका छन । मन्त्री भट्टराईले विश्वम्भर घिमिरे र पिताम्बर सिग्देललाई विज्ञको जागिर दिएका छन । उनीहरूले जागिर खाने वित्तिकै नेपाल भ्रमण वर्षको सचिवालयले मन्त्री भट्टराईलाई नै लगेर सोल्टी होटलमा भव्य कार्यक्रम गरि फेसबुक पेज लञ्ज गरिसकेको छ ।

पर्यटनको नाममा सुरज वैद्य जस्तै खास ज्ञान नभएका घिमिरे र सिग्देललाई त्यहाँ पुर्याएपछि मन्त्री निकटकै केही व्यवसायी भने असन्तुष्ट बनेका छन । नियुक्तिकाे समयमै क्षमता प्रस्तुत गर्न नसक्ने व्यक्ति भनेर आलोचित भएका भ्रमण वर्षका संयोजक वैद्यबाट खास आशा गरिएको थिएन । तर आशा लाग्दो भनिएका मन्त्रीले छानेका व्यक्तिहरू समेत भरपर्दा नभएपछि पर्यटन व्यवसायीहरू चिन्तित देखिएका छन ।

निजी क्षेत्रको उत्साहपूर्ण संलग्नतामा मात्र सफल पार्न सकिने भ्रमण वर्षको सचिवालयमा मन्त्रीले संयोजक वैद्यलाई नै हटाउने संकेत समेत गरिसेका छन । उनले क्यानडा जानु अघिल्लो दिन भएको एक कार्यक्रमा वैद्यतर्फ संकेत गर्दै नेपाल भ्रमण वर्ष जसरी पनि सफल हुनु पर्ने भन्दै काम गर्न नसक्नेले बाटो छाडिदिनुपर्ने बताएका थिए । यद्यपी हाल सदस्यसचिव बिहीन हुन पुगेको सचिवालय चलायमान बनाउन मन्त्रीले ठोस निर्णय लिन सकेका छैनन् ।

दुई विकल्पमा मन्त्रीको ध्यान 

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको सचिवालयमा सम्भव भएसम्म सुरजलाई राजिनामा गराउने वा हटाउने विकल्पका बारेमा सोचेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीधा सम्पर्क भएका गाडी व्यापारी वैद्य उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन । पर्यटनका विषयमा त्यतिधेरै आइडिया नभएका उनी सुरूमा प्रधानमन्त्रीकै आर्थिक सल्लाहकारको नियुक्ति लिन चाहन्थे । तर पछि ओलीले सल्लाहरकाको टिम सानो बनाउने घोषणा गरेर सोही अनुसार सचिवालय पनि सानोमात्र बनाएपछि वैद्यले भ्रमण वर्षको संयोजकका लागि लबिङ गरेका थिए । त्यही कारण तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीले बाध्यताले वैद्यलाई संयोजकमा नियुक्त गरेका थिए ।

मन्त्री भट्टराईले आँट गर्ने हो भने वैद्यलाई हटाउन कुनै कठिन छैन । किनकी उनी मन्त्रीस्तरीय निर्णयबाटै संयोजकमा नियुक्त भएका हुन । तर बालुवाटारसँग सीधा सम्पर्क भएका वैद्यलाई बर्खास्तै गर्ने सम्भवना कम देखिन्छ । त्यसको विकल्पमा मन्त्री भट्टराईले भ्रमण वर्षको सचिवालयमा सदस्यसचिवको साटो कार्यकारी प्रमुख नियुक्त गर्ने तयारी गरेका छन । मन्त्री निकट स्रोतका अनुसार वैद्यले सीधा प्रधानमन्त्रीसँग समन्वय गर्ने तर मन्त्री र उनको सचिवालयसँग समन्वय गर्ने गरेका छैनन् । त्यसकारण उनको विकल्प खोज्ने अन्तिम निष्कर्ष  मन्त्री निकटकाहरूको छ । वैद्यलाई पैसाको लोभ नभएका कारण उनले त्यहाँ रहँदासम्म फर्जी बिल बनाएर ठूलो चलखेल गर्दैनन् र अरूलाई पनि गर्न दिँदैन ।

वैद्यको विकल्पमा बच्चुनारायण !

पर्यटनमन्त्रीले वैद्यको विकल्प खोजेपछि भ्रमण वर्षको सचिवालयमा जान लिगलिले दाैड सुरू भएको छ । दाैडको पहिलो नम्बरमा रहेका छन बच्चुनारायण श्रेष्ठ । श्रेष्ठ तिनै व्यक्ति हुन जो तत्कालीन एमाले निकटको राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा खोजेको पद नपाएका समूहले गठन गरेको पर्यटन व्यवसायी संगठन नेपालमा २७ दिन अध्यक्ष भएर पछि उपाध्यक्षमा घटुवा भएका थिए । सामूदायिक रेडियो प्रसारक संघको प्रदेश नम्बर १ को अध्यक्ष समेत रहेका श्रेष्ठ लगायतका व्यवसायीको सुझावमा पर्यटनमन्त्रीले भ्रमण वर्षको सचिवालयमा वैद्यलाई हटाउन खोजेका हुन ।

सुझाव दिएर कार्यकारी प्रमुख हुन खुट्टा उचालेका उनले काठमाडौँप्रेस नामक न्युजपोर्टलाई मन्त्रीले केहीदिनमै आफूलाई नियुक्ति दिने प्रतिक्रिया दिएका थिए । मन्त्रीले सीधै प्रमुख कार्यकारी अधिकृत बनाउन नसके श्रेष्ठलाई नेपाल पर्यटन भ्रमण वर्ष २०२० को परामर्श दाताका रुपमा नियुक्ति दिने सम्भावना समेत रहेको मन्त्रालय स्रोतले जनाएको छ । श्रेष्ठ पनि घिमिरे र सिग्देल जस्तै पर्यटनलाई भन्दा अरू नै चिजलाई प्राथमिकतामा राखेर काम गरिरहेका व्यक्ति हुन । उनी परियोजनाहरू सृर्जना गरेर राम्रो नाफा निकाल्न सक्ने व्यक्तिको रूपमा चर्चित समेत छन ।

टानमा द्धतिय र प्रथम उपाध्यक्ष समेत बनिसकेका उनले टानबाटै परियोजना लिएर पैसा कमाउने व्यवसायीका रूपमा समेत चिनिएका छन । उनको टानभित्रबाट कमाएको नाममा व्यवसायीबीच कानेखुसी चल्ने गरेको छ । टान टाट पल्टिदाँ समेत उनले परियोजना बनाएर भुक्तानी लिने गरेको टानका एक पूर्व कोषाध्यक्षले दैनकीलाई जानकारी दिए । श्रेष्ठ भ्रमण वर्षको सचिवालय सम्हाल्ने अवसर पाए भने टिमको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनलाई चिन्नेहरू बताउँछन ।

यो पनि पढ्नुहोस्

-नेपाल भ्रमण वर्ष २०२० थोत्राे ट्रकमा घुचेटेर कहिले पुग्ने गन्तव्यमा ? (भिडियोसहित)

-भ्रमण वर्षको तयारीः पर्यटनमन्त्रीले सोल्टी होटलबाट फेसबुक पेज र वेबसाइटको उद्घाटन

-पर्यटन बोर्डको बजेट तयार, नेपाल भ्रमण वर्ष सफल पार्न यस्ता छन कार्यक्रम

-नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पर्यटनमन्त्री भट्टराईलाई नाट्टाको ७ बुँदे सुझाव

-नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक

-नेपाल भ्रमण वर्ष सफल बनाउन देशभरका धामी झाँक्रीलाई काठमाडौँमा जम्मा गरिने

-नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन बेलायतले सहयोग गर्ने (दुई देशको संयुक्त विज्ञप्तिसहित)

-नेपाल पर्यटनको उत्कृष्ट गन्तव्यः प्रधानमन्त्री ओली

-भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट गर्छाैँः मन्त्री बाँस्कोटा

-पर्यटनका निम्ति ऐतिहासिक वर्ष ‘सन् २०१८’

-सुरजको आफ्नै सुर, भ्रमण वर्ष संयोजकको परिचयात्मक कार्यक्रम नै रद्द गरेर हिँडे विदेश

-काभ्रेमा विमानस्थल बनाउन छाडेर नेपाल भ्रमण वर्षमा ध्यान दिन मन्त्री भट्टराईलाई सांसदकाे सुझाव

-नेपाल भ्रमण वर्ष सफल पार्न विश्वभरका बुद्धिष्टको ध्यान नेपालमा केन्द्रीत गर्न चाहन्छाैँः अध्यक्ष पाण्डे

-गाडी व्यापारी सुरज वैद्य नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा तीन वर्षका लागि नियुक्त

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार १७:४४