६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

क्यानको चुनावी साधारणसभा आज, आईसीसीको प्रतिबन्ध फुकुवाको बाटो खुल्ने अपेक्षा


१० असोज, काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभा आज हुँदैछ । क्यानको नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले इच्छा देखाएका छन् । शुक्रबार साधारणसभाको उद्घाटन हुने छ भने शनिबार चुनाव हुने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो सधारणसभालाई निकै चासोका साथ हेरिएको छ ।

१७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि ५९ जना मतदाता रहेका छन् । केन्द्रीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १–१ जना हुनेछन् । बाँकी १३ जना सदस्य निर्वाचित हुनेछन् । जिल्लाबाट १–१ प्रतिनिधि गरेर ३९ र प्रदेशका २० जनाले मत दिन पाउनेछन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार ०८:३९