१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नृपेश उप्रेतीको शब्द र प्रमोदको स्वरकाे गीत “ज्यानमाया” सार्वजनिक


९ असाेज, काठमाडाैँ । नृपेश उप्रेतीले बिगत लामो समय देखि युकेमा बसेर नेपाली गीत संगीत , साहित्य र पत्रकारितामा आफ्नो कलम चलाउदै आएका छन।  गीतकार , गजलकार र संगीतकारका रुपमा आफ्नो परिचय बनाएका उप्रेतीका गीत र गजल सोर्ता र दर्शक माझ लोकप्रिय छन। नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाइ नाच्ने गाउने रमाइलो बनाउनको लागि युकेबाट  कोसेली स्वरूप नृपेश उप्रेतीले  “ज्यानमाया”  बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।


लोक आधुनिक गीतको समिश्रण ज्यानमाया डान्सिङ प्याटर्नको गीत हो। यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको छ भने  नृपेश उप्रेतीको  शब्द र संगीत रहेको छ।  गीतको संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन्।
ज्यानमायाको म्युजिक भिडोयोमा पछिल्लो समय गलबन्दी गीतका कारण चर्चामा रहेकी नायिका अन्जली अधिकारी को साथमा टिकटकबाट चर्चित बनेका हिमांशु  कार्कीले अभिनय गरेका छन्।

प्रबिन थापाको निर्देशन गरेको म्युजिक भिडियोलाई, बासु बरालले छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादान गरेका हुन्। यस गीतबाट आफु निकै आशावादी रहेको र दर्शक स्रोता बाट राम्रो प्रतिक्रियाको अपेक्षा राखेको गीतकार उप्रेतीले बताएका छन । खुशी इन्टरटेन्मेण्टको  प्रस्तुति “ज्यानमाया” ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार १०:२९