७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

निजी मेडिकल कलेजको स्वामित्व अब सरकारले लिनुपर्छ : विद्यार्थी नेता बस्नेत


८ भाद्र , काठमाडौँ । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले निजी मेडिकल कलेज संचालकहरुलाई सांचो मात्र नभएर कलेज नै सरकारलाई वुझाउन आग्रह गरेका छन्। बस्नेतले समाजवादको वाटोमा अघि वढ्न खोजेको सरकारले सवै मेडिकल कलेजहरुको स्वामित्व आफैं लिन तयार हुनुपर्ने पनि वताएका छन् ।

“मनपरि शुल्क असुल्न पल्किएका निजी मेडिकल कलेजका मालिकहरुले त्यसो गर्न नपाउने भएपछि सरकारलाई सांचो वुझाउने रे ! सांचो मात्र किन र ! कलेज नै सरकारलाई वुझाए हुन्छ । ” आफ्नो सामाजिक सञ्जालको वालमा विद्यार्थी नेता बस्नेतले लेखेका छन् -” समाजवादको लक्ष्य वोकेको सरकारले बिस्तारै कलेज नै वुझ्ने आंट र हिम्मत गर्नुको विकल्प छैन ।”


निजी मेडिकल संचालकहरुले सरकारले तोकेको मापदण्ड विपरीत मनपरि शुल्क असुल्न नछाडेपछि विद्यार्थीहरुले विभिन्न ढंगले आन्दोलन गर्दै आएका थिए । गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेज लगायतका कलेजमा लामो आन्दोलन भएपछि सरकारले एक महिना भित्रमा मापदण्ड भन्दा वढी लिएको शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । लगत्तै मेडिकल कलेजहरुले विज्ञप्ति निकालेर सरकारलाई साचो वुझाउने निर्णय गरेका छन्।

सरकारले मेडिकल कलेजहरुलाई एमविविएसका लागि उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार भन्दा वढी शुल्क लिन नपाउने प्रावधान राखेपनि विभिन्न वहनामा उनीहरुले ६०, ७० लाख सम्म असुल्ने गरेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार १४:४१