१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वैदेशिक रोजगार व्यवसायी संघमा कांग्रेसको क्लिनस्वीप, नेकपाको प्यानल नै पत्तासाफ


७ असोज, काठमाडाैँ । वैदेशिक रोजगार व्यवसायी संघमा पहिलो पटक कांग्रेसले क्लिनस्वीप गरेको छ । मंगलबार भएको निर्वाचनमा कांग्रेस निकटका १७ जना उम्मेदवार नै विजयी भए । बुधबार बिहान घोषणा गरिएको मतपरिणमा अनुसार अध्यक्षमा विजयी बिष्णु प्रसाद गैरेले ३ सय ३० मत प्राप्त गरेका छन । उनीसँग नेकपाको प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेल ४८ मतले पराजित भए ।

संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ कमल तामाङ्ग विजयी भएका छन । कमल देव मल्ल द्धितिय उपाध्यक्षमा ३२२ मतसहित विजयी भएका छन । किशोर कुमार के.सी ३६० मत सहित तृतिय उपाध्यक्षमा विजयी भएका छन । यस्तै महासचिवमा सुजित श्रेष्ठ ३ सय ८८ मतसहित विजयी भएका छन । उनले नेकपा निकटका रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरे । यो निर्वाचनमा लोकप्रिय मत समेत महासचिवमा विजयी श्रेष्ठले पाएका छन ।

सचिवमा घनाथ भुर्तेलले ३ सय ३३ मत र कोषाध्यक्षमा ईन्दीरा गुरुङ्ग ३ सय ६७ मत ल्याई बिजयी भएकी छिन् । सदस्यमा लक्ष्मण पौडेल,  कर्णराज कटुवाल, दिनेशकुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, विजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई विजयी भएका छन । ६५८ मत रहेको संघमा ६२१ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार ०६:२९