१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेकपालाई शुद्धिकरणमा जोड दिन चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख ताओको आग्रह


६ असोज, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)का विदेश विभाग प्रमुख सोङ ताओले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई शुद्धिकरणमा जोड दिन आग्रह गरेका छन । काठमाडौंकाे एक हाेटलमा साेमबार भएकाे नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)बीचकाे द्धीदिवसीय विचारधारात्मक छलफल कार्यक्रमकाे उद्घाटन सत्रमा सम्बाेधन गर्दै विदेश विभाग प्रमुख ताओले नेकपाले आफ्नो क्षमता बढाउने र शुद्धिकरणमा जोड दिनुपर्ने बताए ।

उनले भने ‘हामी आत्मक्रान्ति र शुद्धिकरण चाहन्छौं, कम्युनिस्ट पार्टी र अरुमा फरक के छ भने यसले जनताको हितमात्र हैन आफ्नो क्षमता बढाउने र शुद्धिकरणमा जोड दिन्छ ।’ ताओले जनतालाई कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य भनेको जनतालाइ सेवा दिनु हुनुपर्ने बताए । उनले सि जिनपिङ विचारधाराले जनतालाई प्रमुख स्थानमा राख्ने जानकारी गराए ।

चीन र नेपाल दुबै देशमा कम्युनिस्ट पार्टीको शासन रहेको भन्दै नेता सोङले अब जनताको जीवनस्तर राम्रो बनाउनु नै नेकपाको पनि लक्ष्य हुनुपर्ने बताए । उनले भने  ‘हामीले ठूलो ऐतिहासिक उपलब्धी हासिल गरेका छौं, किनभने हामीले आर्थिक विकासलाई जोड दिएका छौं’ सोङले भने ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार २१:१३