८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन प्रेरणादायी छ: प्रचण्ड


६ असाेज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)काे अनुशासन अनुकरणीय र प्रेरणादायी रहेकाे बताएका छन । काठमाडौंकाे एक हाेटलमा साेमबार भएकाे नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)बीचकाे द्धीदिवसीय विचारधारात्मक छलफल कार्यक्रमकाे उद्घाटन सत्रमा सम्बाेधन गर्दै प्रचण्डले चीनले विकासमा फड्काे मार्नुमा एउटा महत्त्वपूर्ण विषय ९ कराेड पार्टी सदस्यकाे अनुशासन रहेकाे बताए ।

पूर्व प्रधानमन्त्री प्रचण्डले चिनियाँ शैलीकाे समाजवादबारे विश्वव्यापी रुपमा छलफल र चर्चा भैरहेकाे भन्दै चिकपाका महासचिव एवं राष्ट्रपति सी चिनफिङले अघिसारेकाे अवधारणाबाट नेकपालले पनि सिक्न सक्ने बताए । उनले जनताकाे सेवा र मनमा बसिरहने चिनियाँ शैलीकाे खुलेर प्रशंसाा गरे । अध्यक्ष प्रचण्डले यी सब कुरा अनुशासनकाे कारण भएकाे भन्दै दुबै पार्टीले एक अर्काकाे अनुभवबाट धेरै कुरा सिक्न सक्ने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार १८:५८