८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लक्ष्मी निर्मल कोइरालको स्वरमा ‘मायाको मिटर’ गीत सार्वजनिक (भिडियाेसहित)


४ असाेज, काठमाडौँ । लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर…’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द/सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ आशा छ दर्शक/स्रोताले मन पराईदिनुहुने छ’, कोइरालाले भने ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १५:०२