१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सडकमा देखियो टान नेतृत्वको रमिता, नेतृत्वका कारण लज्जित बने व्यवसायी


३ असोज, काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को खुमबहादुर सुवेदीको नेतृत्वको पहिलो सार्वजनिक कार्यक्रम नै लज्जास्पद भएको छ । शुक्रबार देशले चौँथो संविधान दिवस मनाउँदा टानले तेस्रो संविधान दिवस मनाएको छ । चार वर्षपछि टानको सत्तामा आएका नेपाली कांग्रेसका कार्यकर्ताहरूको समूहले संविधान दिवस कति औँ हो भन्ने पनि बिर्सिए ।

तेस्रो संविधान दिवस २०७६ लेखेको व्यानर बोकेर सडकमा हिड्दै टानका पदाधिकारी र पर्यटन व्यवसायी ।

त्यो बिर्सनु पनि कुनै ठूलो कुरा भएन तर उनीहरूले तेस्रो संविधान दिवस २०७६ लेखेको व्यानर बोकेर पुरै सहरपरिक्रममा गरेर जग हसाएँ । सडकमा त रमिता देखाएका थिए केही भएको थिएन पछि टानका अध्यक्ष सुवेदीले फेसबुकमा समेत उक्त रमिताको तस्बीर पोस्ट गर्न भ्याए । पछि उनको पोस्टमा नकारात्मक टिप्पणीहरू आएपछि उनले आफ्नो त्यो पोस्ट डिलिट गरे ।

तेस्रो संविधान दिवस २०७६ लेखेको व्यानर बोकेर सडकको र्यालीपछि टुंँडिखेलमा तस्बीर खिचाउँदै टानका पदाधिकारी र पर्यटन व्यवसायी ।

तर पर्यटन व्यवसायीहरू भने सुवेदीले पहिलो सर्वजनिक सहभागितामै टानको लोगो भएको व्यानरमा गरेको गल्ती देखेर निराश देखिएका छन । धेरै व्यवसायीले सुवेदीको पोस्टको तल प्रतिक्रिया जनाएका थिए । जुन सुवेदीले पोष्ट डिलिट गरेपछि उडेको छ । हजारौँ नागरिकले देखेको टानको कमजोरी स्वीकार्न भने सुवेदीमात्र होइन उनी नेतृत्वको टिमका कुनै सदस्य पनि तम्तयार देखिएनन् । उनीहरूले हालेको फोटो हटाएर नै सबैको आँखा छोपेको सम्झिए ।  तर दैनिकीले उनीहरूले सकडमा प्रस्तुत गरेको रमिताको तस्बीर यहाँ प्रस्तुत गरेको छ ।

टान अध्यक्ष सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर पछि डिलिट गरेका तस्बीरहरू ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार २३:५६