१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

तारकेश्वर नगरपालिका अन्तर्गतका शिक्षकहरूले रक्तदान गरेर मनाए संविधान दिवस (फाेटाेफिचर)


३ असाेज, काठमाडाैँ । तारकेश्वर नगरपालिका अन्तर्गतका शिक्षकहरूले रक्तदान गरेर चाैँथो संविधान दिवस मनाएका छन् । तारकेश्वर शैक्षिक मञ्चकाे आयोजनामा शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । शुभकामना बोर्डिङ स्कुलले सहआयोजना रहेको सो रक्तदान कार्यक्रम शुभकामना बोर्डिङ स्कुल तारकेश्वर–९ को प्राङ्गणमा सञ्चालन भएको हो । रक्तदान कार्यक्रममा मञ्चका सचिव नवराज न्यौपाने, नर्थस्टार बोडिङ स्कुलका प्रिन्सिपल राधाकृष्ण अर्याल, काठमाडौं शिक्षालयका प्रिन्सिपल घनश्याम पाण्डे, गोलढुङगा अर्किड स्कुलका प्रिन्सिपल झनकराज शर्मा लगायतका शिक्षकहरूले पनि सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार २३:०५