१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चिनियाँ राष्ट्रपति सी असोज २७ मा नेपाल आउने, एक रात काठमाडाैँमा बिताउने निश्चित


४ असोज, काठमाडौँ । उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ यही असोज २७ गते नेपाल भ्रमणमा आउने निश्चत भएको छ । परराष्ट्र मन्त्रालयले त्यसको द्रुत तयारी थालेको छ । सी भारत हुँदै नेपाल आउन लागेका हुन । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् र उक्त सम्मेलनपछि नेपाल आउनेछन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सी १४ अक्टोबर अर्थात २७ असोजमा नेपाल आउनेछन् ।

सीले एक रात काठमाडौँमा बिताउने कार्यक्रम रहेको छ । यता नेपाली पक्षले सीको भ्रमणका समयमा गर्न गर्न सकिने सम्झौताहरूको बारेमा तयारी थालेको छ । सीको भ्रमणको तयारी स्वरूप चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)का विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने नेपाल भ्रमणमामा आज नेपाल आउँदै छन । ताओले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग द्धिपक्षीय भेटघाट र छफलल गर्ने कार्यसूची रहेको छ । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल भ्रमण गरेर फर्किएका छन ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार ०८:२१