७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

संविधान दिवसमा एलपी ग्यासका उपभोक्ताई सरकारको सरप्राइज, प्रतिसिलिण्डर २५ रूपैयाँ घट्यो


३ असोज, काठमाडौँ । दशैं, तिहारजस्ता ठुला चाडपर्व शुरू हुनै लाग्दा नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । सरकारले उपभोक्तालाई संविधान दिवसको अवसर पारेर राहत दिने गरी मूल्य समायोजन गरिएको हो । आयल निगमका अनुसार प्रतिसिलिन्डर ग्यासकाे मुल्य २५ रुपैयाँ घटाइएको छ । मुल्य घटेसँगै अब प्रतिसिन्डिर ग्यास १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।

आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार १९:३१