७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकारले मानपदवी र पदकद्वारा विभुषित गर्ने घोषणा गरेका ६३४ व्यक्ति यी हुन (सूचीसहित)


३ असोज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ । नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई दिइने भएको छ ।

तस्बीरमा बायाँबाट क्रमशः वरिष्ठ पत्रकार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचार विभागका उपप्रमुख सूर्य थापा, वरिष्ठ पत्रकार एवं प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट र प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत ।

सुप्रबल जनसेवाश्री (प्रथम) श्रेणीबाट प्रा डा दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिनेछ । राष्ट्रपति कार्यालयका अनुसार उज्ज्वल कीर्तिम राष्ट्रदीप (द्वितीय) बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ ।

तस्बीरमा बायाँबाट क्रमशः वरिष्ठ पत्रकार गोपाल गुरागाइँ, गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनाल र प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याल ।

विभूषित हुनेमा नेपाली पत्रकारिता क्षेत्रमा विगत लामो समयदेखि योगदान पुर्याउने पत्रकारहरु पनि रहेका छन । जसमा सूर्य थापा, गगन विष्ट, गणेश बस्नेत, राजेन्द्र अर्याल, गोपाल गुरागाई, गोपाल खनाल, गोविन्दसिंह थापा, चन्द्र न्याैपाने, माधव नेपाल, सुवास खतिवडा, फुलमान बल, लक्ष्मी पुन लगायत रहेका छन । यसैगरी विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ ।

तस्बीरमा बायाँबाट क्रमशः वरिष्ठ पत्रकार गोविन्दसिंह थापा, बानका अध्यक्ष चन्द्र न्याैपाने र पत्रकार महासंघकी सचिव लक्ष्मी पुन ।

मानपदवी, अलङ्कार र पदकद्वारा विभुषित हुनेहरूको नाम यसप्रकार रहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार १७:१६