७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

संविधान दिवसको अवसरमा ग्लोबल आइएमई बैंकले गर्याे वृक्षारोपण


३ असाेज, काठमाडाैँ । ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौँको पानीपोखरीदेखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा करिब २०० रुखका विरुवा रोपेको छ ।

कार्यक्रममा काठमाडाेँ महानगरपालिका वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारी, बैंकका अन्य कर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

साथै बैंकले संविधान दिवसकै अवसरमा आयोजित र्यालीमा पनि सहभागिता जनाएको छ । र्याली बैंकको कर्पोरेट कार्यालय देखि सुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन भएको थियो । यससगैं बैंकका मुख्य शाखाहरुमा दीपावली पनि गरिएको छ । यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार १४:४०