१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा आक्रमण


२ असाेज, काठमाडौँ । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । नेत्र विक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १४:२९