६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

प्रधानमन्त्रीले संसदमा गर्ने भनेको सम्बोधन स्थगित, भोलि देशबासीका नाममा सम्बोधन गर्ने


२ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । बुधबारदेखि सार्वजनिक कार्यक्रममा निस्कन सुरू गरेका प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो २ः३० बजे संसद बैठकमा सम्बोधन गर्ने तयारी भएको थियो ।

प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयको अलवा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएको विषयमा सम्बोधन गर्ने तयारी गरिएको भए पनि भोलि देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम भएकाले आजको सम्बोधन स्थगित भएको बुझिएको छ । भोलि संविधान दिवसको अबरसमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा विशेष सम्बोधन गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १३:५४