८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दूरी मापन गर्ने उपकरणमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा जहाज अवतरण रोकियो


२ असोज, काठमाडौँ । दूरी मापन गर्ने उपकरणमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा जहाज अवतरण रोकिएकाे छ । दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण राेकिएकाे हाे ।

दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि ७ वटा अन्तर्राष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भइरहेकाे विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । भीओआर/डीएमआईको रेडियो स्टेशनले फालेको सिग्नललाई पिछा गर्दै जहाजहरु विमानस्थलमा अवतरण गर्छन् । आन्तरिक उडान भने सामान्य रहेकाे प्रवक्ता तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १३:२२