८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रतिनिधिसभाबाट राहदानी विधेयकको संशोधन सर्वसम्मतले स्वीकृत


२ असोज, काठमाडौँ । प्रतिनिधिसभाबाट राहदानी विधेयकको संशोधन सर्वसम्मतले स्वीकृत भएकाे छ । “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधिसभाबाट सर्वसम्मत स्वीकृत भएको हाे । बिहीबारको संसद बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

काँग्रेस सांसद पुष्पा भुषालले विधेयकमाथिको छलफलमा भाग लिँदै राहदानी विधेयक केही परिमार्जन गरिएपनि संशोधनमा राज्य सचेत भएर कर्यविधिमा लैजान जरुरी भएको बताइन् । त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रावधानमा राख्न माग गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसैअनुसारको व्यवस्था विधेयकमा गरिएको बताएका थिए । उनले कुटनीतिक राहदानी प्राप्त गर्ने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए । मन्त्री ज्ञवालीका जवाफपछि सभामुख महराले विधेयक सर्वस्वीकृत भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १२:४३