१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

संसदीय विशेष समितिकाे म्याद अर्को अधिवेशनसम्मका लागि थप


२ असोज, काठमाडौँ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गर्यो ।

बैठकमा प्रतिनिभिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशहरु ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५, र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सन्देशहरु टेबुल गर्नुभयो ।

त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १२:०३