१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नियमविपरित डिआइजीलाई पदक सिफारिस, प्रहरी प्रमुख सर्वेन्द्र खनालको नाम सूचीबाट काटियो


२ असोज, काठमाडाैँ । प्रहरी प्रमुख सर्वेन्द्र खनालको संविधान दिवसको अवसरमा प्रदान गरिने पदकका लागि सिफारिस भएको नाम काटिएको छ । उनको नाम गृहमन्त्रालयले काटेको हो । बुधबारको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेको समाचार अनुसार प्रहरी प्रधान कार्यालयले मापदण्डविपरीत एक डिआइजीलाई पदकको सिफारिस पनि गरेको छ । भावी प्रहरी प्रमुख बनाउने नियतले मापदण्ड विपरित पदक सिफारिस गरिएको नागरिकले जनाएको छ । नागरिकका अनुसार डिआइजी हरि पाललाई मापदण्ड विपरित पदक सिफारिस गरिएको हो ।

प्रहरी नियमावलीअनुसार बढुवामा पदकको दुई नम्बर जोडिन्छ। त्यही खेलअनुसार आगामी असार २८ मा भावी प्रहरी महानिरीक्षका लागि हालका डिआइजी पाललाई लैजाने नियतका साथ पदक सिफारिस गरिएको छ । डिआइजी पाल केही समयअघि प्रदेश २ को इन्चार्ज भए पनि उनलाई कार्यक्षमता अभाव भन्दै गृहमन्त्री रामबहादुर थापाले सात महिनामै फिर्ता बोलाएर उनको स्थानमा प्रधुम्न कार्कीलाई पठाइएका थिए। गृह मन्त्रालय स्रोतका अनुसार प्रतिस्पर्धी कसैलाई पनि नदिने भनिएको भए पनि दबाबमा सिफारिस आएकाले प्रधानमन्त्री कार्यालयमा पठाइको हो। यो समाचार अाजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार ०९:३३