८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सामाजिक सेवा र मानवीय सेवामा लायन्स क्लबको भूमिका अनुकरणीयः महानिरीक्षक खनाल


१ असोज, काठमाडाैँ । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रीक्ट ३२५ बी १ नेपालको क्लस्टर नम्बर ७ अन्तर्गतका २५ वटा क्लबहरुको सपथग्रहण तथा पदस्थापना कार्यक्रम आज काठमाडौंमा भब्य रूपमा सम्पन्न भएकोछ । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले  सामाजिक सेवा र मानवीय सेवामा लायन्स क्लबले निर्वाह गरेको भूमिका अनुकरणीय रहेको बताउनुभयो । विभिन्न समयमा आईपरेका दैवीप्रकोपका बेलामा लायन्स क्लवसँग सशस्त्र प्रहरी बलले सहकार्य गरेको अनुभव सुनाउदै प्रमुख अतिथि महानिरीक्षक खनालले आगामी दिनमा पनि सहकार्य गरी सामाजिक सेवामा सिङ्गो संगठन लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा डिस्ट्रीक गभर्नर इन्दु लम्सालले यस वर्षकाे मुख्य कार्यक्रम राईज टु इम्पावर अन्तर्गत राेजगारमूलक सीप सम्बन्धि तालिम प्रदान गरि राेजगारी सिर्जना गर्ने र महिला सशक्तीकरण मार्फत समाज रुपान्तरण गर्ने उदेश्य राखेर देशका विभिन्न स्थानहरूमा तालिम संचालन भैरहेको जानकारी दिनुभयाे ।

विनाशकारी भूकम्पका बेला लायन्स क्लवका सदस्यहरु गाउँ गाउँमा खटेर उद्धार कार्यमा जुटेका थिए। नेपाली लायन्सवादलाई अझै उचाइमा पुर्याउन सबै लायन्सहरु ईमानदारी पूर्वक सेवाकार्यमा जुट्नु पर्ने तथा विभिन्न समयमा हुने कार्यक्रमहरुले सदस्यहरू विचमा भातृत्व विकास हुने भएकाेले यस्ताे कार्यक्रमकाे बिशेष महत्त्व रहने कार्यक्रममा सहभागी डिस्ट्रिक्टका जाेन चियर पर्सन अनुज कुमार श्रेष्ठले बताउनुभयो। कार्यक्रममा लायन्सका इन्टरनेशनल एरिया लिडर बालकृष्ण बुर्लाकाेटी, राजन लम्साल, गिर्धारी शर्मा लगायत लायन्सका बरिष्ठ नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार २०:५१