११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

क्यान्सर अस्पतालमा भक्तपुर नगरपालिकाको गुण्डागर्दी शैलीमा हस्तक्षेप, सैह्य हुन्नः सांसद बस्नेत


१ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर नगरपालिकाले नेपालकै दोस्रो भक्तपुर क्यान्सर अस्पताललाई गुण्डा गर्दी शैलीमा गरेको हस्तक्षेत्र सैह्य नहुने बताउनुभएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाको ३७औं बार्षिकोत्सव २०७६ को विशेष समारोहलाई सम्बोधन गर्दै सांसद बस्नेतले भक्तपुर क्यान्सर अस्पताल भक्तपुरले मात्र हैन देशले नै गौरव गर्ने अस्पताल भएको बताउँदै भक्तपुर नगरपालिकाले गरेको हस्तक्षेत्र कानुनी तथा छलफलको वातावरण सिर्जना नगर्नु गलत मनासय भएको बताउनुभयो ।


जनतामा क्यान्सर रिलिफ सोसाइटीले सञ्चालन गरेको नभई सरकारी अस्पताल हो भन्ने भएको बताउँदै उहाँले संकटले कहिलेकाँही समाधान पनि ल्याउँछ, कहिलेकाही नयाँ आयाम खोलीदिने भएकाले त्यसैले भक्तपुर क्यान्सर अस्पतालको संकटले एउटा नयाँ आयामको ढोकाहरु खोलेको बताउनुभयो ।

जनतामा परेको संकटको समयमा जनप्रतिनिधि जहिले पनि सारथी हुने बताउँदै उहाँले सर्वोच्च अदालतको स्टेअर्डरलाई समेत नगरपालिकाले नमान्नु अदालतमाथि नै गम्भीर मान हानी भएको बताउनुभयो । डर र त्रास देखाई अस्पताल कब्जा गर्ने जुन प्रवृक्ति नगरपालिकाले देखाएको छ त्यो सैह्य नहुने बताउँदै उहाँले भन्नुभयो, ‘एक सय हाराहारीका मानिस भेला पारेर अध्यक्ष लगायतकालाई कालोमोसो दल्ने धम्की दिने, केही कर्मचारीलाई प्रलोभनमा पारी गरिएको अनौतिक कार्य गर्ने कार्य सैह्य हुँदैन । विधीको शासन मान्नु पर्ने बताउँदै अस्पतालमा भ्रष्टाचार भएको भए अख्तियारले अनुसन्धान गरी कारवाही प्रकृया अघि बढाउने हो तर कुनै नगरपालिकाको मेयरले हस्तक्षेत्र पर्ने हैन ।’

नेपालको संघियताको नियम अनुसार १ सय बेडसम्मको अस्पताल सञ्चालन प्रदेश सरकारको मातहतमा रहने भएकाले उक्त अस्पताललाई प्रदेश सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुर नगरपालिकाले अस्पताललाई जग्गा दिएको भन्ने कुरा गलत अफवाह फैलाएको बताउनुभयो । उहाँले उक्त नेपाली सेनाको जग्गा प्रयोग गरिएको जानकारी समेत गराउनुभयो ।

वीस करोडभन्दा बढी बजेट नेपाल सरकारको लगानी रहेको जसमा नगरपालिकाले ४–५ लाख लगानी गरेको जानकारी गराउँदै सांसद बस्नेतले गगन थापा र आफुले सदनमा विधीको पक्षमा पटक पटक बोल्ने गरेको तर प्रेम सुवालले उक्त कुरामा विधि र कानुनभन्दा माथि रहेर बोल्ने गरेको बताउनुभयो । उहाँले कार्यदल बनाई अस्पतालमा भएका समस्याहरु समाधान गर्नुपर्ने बताउँदै नेमकिपाका जनप्रतिनिधिमा नै ठूला भ्रष्टाचारका कार्यहरु भएको समेत बताउनुभयो ।

जनचेतनाको विकास गर्दै नेपालमा नै सम्भव हुने उपचार विदेशमा गई गर्ने परम्परालाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले उक्त अस्पतालले क्यान्सर रोगीको उपचार मात्र नगरी अन्य वहुआयामीक कार्यहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो ।

सफाई अभियान सञ्चालन गर्दा सवैभन्दा बढी सुर्ती र गुड्खाको खोल पाइएको बताउँदै प्लास्टिकजन्य पदार्थमा अतिरिक्त कर लगाउनुपर्ने जुन प्लास्टिक फिर्ता ल्याएपछि पुनः उक्त अतिरिक्त कर फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि सार्वजनिक, नीजि र साझेदारी कार्यक्रमको माध्यमबाट कुनै पनि सामुदायीक कार्य गर्न सकिने समेत धारणा राख्नु भयो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १३:५०