१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

युवतीलाई दुर्व्यवहार गर्ने पूर्वसभासद योगेन्द्र घिसिङ ५ हजार धरौटीमा रिहा


१ असोज, ललितपुर । सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद योगेन्द्र घिसिङ ५ हजार धरौटीमा रिहा भएका छन् ।

मंगलबार ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले घिसिङलाई ५ हजार धरौटी राखेर मुद्दा प्रक्रिया अघि बढाउन  बाटो खुला गरिदिएका हुन् ।

घिसिङले रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार २१ वर्षकी युवतीलाई दुर्व्यवहार गरेपछि अन्य यात्रुले उनलाई नियन्त्रणमा लिएर प्रहरीकाे जिम्मा लगाएका थिए । उनीविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो ।

घिसिङ संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् बनेका थिए । तर, घिसिङले स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गरेकाे भन्दै ललितपुर जिल्ला पार्टीले निस्कासन गरेकाे थियाे ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १३:२६